सोमबार, फागुन १२, २०८१
फैलिंदै संक्रमण: संक्रमित पुगे ७ हजार ८ सय ४८ र मृतक २२
एकै दिन बढे ६ सय ७१ संक्रमित


नेपाली लिङ्क
जुन १८, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमणका केसहरु दिनदिनै तीव्र रुपमा फैलिरहेका छन् । यसै क्रममा विहीबार मात्रै ६ सय ७१ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरमा कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको जानकारी दिए ।
एक दिनको अवधिमा बढेको संक्रमितको संख्या यो नै हालसम्मको उच्च हो । यसअघि सबैभन्दा बढी बुधबार ५ सय ८६ संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा कोरांना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको समेत प्रवक्ता डा गौतमले बताए । यससंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५