बेलायतमा कोरोनाबाट थप २ सय ३३ को मृत्यु
गएको २४ घन्टाभित्र बेलायतमा थप २ सय ३३ जनाको मृत्यु


लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार हाराहारी पुगेको छ ।
गएको २४ घन्टाभित्र बेलायतमा थप २ सय ३३ जनाको कोरोना भाइरसका कारण निधन भएको भएको मंगलबारको दैनिक ब्रिफिंगमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले जानकारी दिएका छन् ।
यसैगरी गएको २४ घन्टामा थप १ हजार २ सय ७९ जानामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ९८ हजार १ सय ३६ जना संक्रमित भएका छन् ।
विगत केहि दिन यता मृतक संख्यामा लगातार गिरावट आएपनि आज मृतक संख्यामा वृद्धि भएको छ । हिजो सोमबार सार्वजनिक तथ्याँक अनुसार गत मार्च २३ बाट सुरु भएको लकडाउन पछिकै सबैभन्दा कम ३५ जनाको मात्र मृत्यु भएको थियो ।
हालसम्म बेलायतमा ६९ लाख ८१ हजार ४ सय ९३ जनामा कोरोनाको परिक्षण गरिसकिएको छ । गएको २४ घन्टामा १ लाख १३ हजार १ सय ७ जनामा कोरोना परीक्षण गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५