बिहीबार, पुष ११, २०८१
16:37 | २२:२२

सुशान्तको हत्या भएको आशंका गर्दै परिवारद्धारा अनुसन्धान माग

रासस-एएनआई जुन १५, २०२०

पटना । आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेको छ ।

उनको परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेको छ ।

कैयौँ चलचित्रमा अभिनष् गरेका राजपुत आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो ।

तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्, ‘उनले आत्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ उनको हत्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।’

बिहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताएका छन् ।

भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै ‘सुसाइड नोट’ पनि नभेटिएको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू