सोमबार, मंसिर १०, २०८१
05:39
|
११:२४
कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकमा ब्राजिल दोस्रो स्थानमा
कोरोनाका कारण ब्राजिलमा ४१ हजार ९ सय १ जनाको निधन
नेपाली लिङ्क
जुन १३, २०२०
ब्राजिल । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) महामारीको चपेटामा ब्राजिल परेको छ । विश्वभर कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकहरुमा अमेरिकापछि ब्राजिल बनेको छ ।
गएको २४ घन्टाको तथ्याँक अनुसार दोस्रो स्थानमा रहँदै आएको बेलायतलाई ब्राजिलले पछि पारेको छ ।
पछिल्लो तथ्याँक अनुसार ब्राजिलमा ४१ हजार ९ सय १ जनाको निधन भैसकेको छ भने बेलायतमा ४१ हजार ४ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ ।
ब्राजिलमा हालसम्म ८ लाख ३० हजार मानिस संक्रमित भैसकेका छन् । हालसम्म विश्वभर कोरोना संक्रमणबाट ४ लाख २८ हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ ।
कोरोनाका कारण अमेरिकामा मात्र १ लाख १६ हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५