सोमबार, फागुन १२, २०८१
एकतोला सुनको मूल्य ९० हजारको हाराहारीमा


नेपाली लिङ्क
जुन ११, २०२०
काठमाडौँ । बजारमा सुनको मूल्यमा अनपेक्षितरुपमा वृद्धि भएको छ । बिहीबार बजार खुल्दा प्रतितोला सुनको मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु एक हजारले बढेको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोवार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु ९ सय ५० कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् ।
गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन रु ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५