सोमबार, फागुन १२, २०८१
पोखरामा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु
कोरोनाबाट मृत्यु हुने १४ पुगे


नेपाली लिङ्क
जुन ८, २०२०

फाइल तस्विर
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उपचाररत एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।
अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।
निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार मृतक यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका थिए ।
उनको स्वाब परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो । उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइएको छ ।
मृतक केही दिन पहिला मात्रै सुनौली नाका हुँदै भारतबाट फर्किएका थिए ।
यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५