स्वीन्डनका गोर्खाहरुले गरे १० हजार पाउण्ड सहयोग



तस्बिर-स्वीन्डन एडभरटाइजर
लन्डन । बेलायतको स्वीन्डनस्थित गोर्खा समुदायले स्थानीय ब्राइटर फ्युचर नामक च्यारिटी संस्थालाई १० हजार पाउण्ड प्रदान गरेका छन् । नेपलिज एसोसिएसन अफ वील्सायरले ‘कोरोना भाइरस विशेष अभियान’ अन्तर्गत करिब तीन सातामा संकलित रकम उक्त संस्थालाई प्रदान गरेको हो ।
एसोसिएसनले चन्दा सहयोगका लागि अपिल जारी गरेपछि २५७ जनाले स्वतस्फूर्त चन्दा प्रदान गरेका थिए ।
उक्त रकम ग्रेट वेस्टर्न हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टलाई जानेछ । ट्रष्टकी कम्युनिटी तथा इभेन्ट्स फण्डरेजिङ म्यानेजर मिसेल लेइटनलाई भिडियो कलमार्फत संकलित रकम हस्तान्तरण गरिएको छ ।
संस्थाका सचिव भवानी गुरुङले कोभिड १९ महामारीका बेला केही सहयोग गरौं भन्ने उद्देश्यले अभियान शुरु गरिएको जानकारी दिए ।
लकडाउनका कारण अन्य कुनै गतिविधि गर्न सम्भव नभएपछि एसोसिएसनले चन्दा संकलन थालेको थियो ।
एसोसिएसनले सन् २०१८ मा पनि ब्राइट फ्युचर्स रेडियोथेरापी अपिलका लागि ७ हजार पाउण्ड सहयोग गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५