नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । आज थप २ सय १३ जनामा संक्रमण भएको स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
थप संक्रमित हुनेहरुमा २०९ जना पुरूष र चारजना महिला छन् । आज दुई महिलासहित १ सय दुईजना डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ४ सय ६७ छ । अहिलेसम्म संक्रमितहुने जिल्लाको संख्या ७१ पुगेको छ । अहिलेसम्म कोरोनाका कारण नेपालमा १३ जनाको ज्यान गइसकेको छ ।
विगत ७६ दिनदेखि नियमित पत्रकार सम्मेलन दिंदै आएका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको आजको अन्तिम पत्रकार सम्मेलन हुनेछ ।
भोलिबाट उनको ठाउँमा डा जागेश्वर गौतम प्रवक्ताको रुपमा रहने देवकोटाले जानकारी दिएका छन् । देवकोटाले भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी पाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५