सोमबार, फागुन १२, २०८१
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो


नेपाली लिङ्क
जुन ५, २०२०
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ ।
गएको २४ घन्टाभित्र बेलायतको अस्पतालमा थप ३ सय ५७ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४० हजार २ सय ६१ पुगेको छ ।
यसैगरी २४ घन्टामा थप १ हजार ६ सय ५० जानामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ८३ हजार ३ सय ११ जना संक्रमित भएका छन् ।
विश्वभरिमा ४० हजार भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका पछि बेलायत दोस्रोमा पर्दछ ।
बेलायत युरोपकै बढी संक्रमित मुलुकमा पर्दछ । अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख १० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५