बेलायतमा लकडाउन यताकै सबैभन्दा न्यून मृत्यु


लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १ सय १३ जनाको मृत्यु भएको छ ।
एक दिनको अवधिमा कोरोनाबाट भएको मृत्युको यो संख्या गत मार्च २३ मा लकडाउन शुरु भएयताकै सबैभन्दा न्यून हो ।
मार्च २२ मा ७४ जनाको मृत्यु भएपछिको करिब १० सातामा आइतबार सबैभन्दा थोरै मृतक संख्या सार्वजनिक भएको हो ।
पछिल्लो तथ्यांकसंगै हालसम्म कारोना संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या ३८ हजार ४ सय ८९ पुगेको छ ।
यसैगरी, देशभरमा हालसम्म संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७ सय ६२ पुगेको छ । २४ घण्टाको अवधिमा १ हजार ९ सय ३६ नयाँ संक्रमित थपिएका हुन् ।
नयाँ संक्रमण र दैनिक मृत्युका केसहरु घट्दै गइरहेका बेला सोमबारदेखि लकडाउन थप खुकुलो पारिंदैछ ।
लकडाउनमा लचकतासंगै सोमबारदेखि ६ जनासम्मको समूहमा भेट गर्न छुट दिइने भएको छ । ‘इनडोर’ खेलुकद पनि सञ्चालन गर्न छुट दिइंदैछ । साथै, प्राइमरी स्कुलहरु र केहि रिटेल व्यवसायहरु सञ्चालनमा आउँदैछन् ।
जुन १५ देखि भने अत्यावश्यक बाहेकका अन्य पसल तथा व्यवसाय पनि सञ्चालन गर्ने सरकारको तयारी छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५