सोमबार, फागुन १२, २०८१
क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालकको मृत्यु


नेपाली लिङ्क
मे ३१, २०२०
डोटी । डडेल्धुरामा क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुने बालक नवदुर्गा गाउँपालिका ३ का रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भएको पुष्टि गरेका हुन् ।
शनिबार राति अचानक बालकको स्वास्थ्यमा खराबी आएपछि अस्पताल लागिएपनि अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए ।
ति बालक केहि दिनअघि आफ्ना आमाबाबुसंगै मुम्बैबाट आएका थिए । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । कोरोना परीक्षणका लागि उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५