लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३८ हजार ३ सय ७६ पुगेको छ ।
गएको २४ घन्टाभित्र बेलायतको अस्पतालमा थप २ सय १५ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ७२ हजार ८ सय २६ जना संक्रमित भएका छन् ।
कोरोनाको संक्रमणमा केही कमी आएसंगै मार्च २३ देखि बेलायतमा जारी लकडाउन जुन १ (सोमबार) बाट केहि सहज गरिने घोषणा गरिएको छ ।
सोमबारदेखि सामाजिक दुरीको नियम पालना गर्दै बढीमा ६ जनासम्मको ग्रुपमा ‘प्राइभेट गार्डेन’ वा ‘पार्क’ मा भेटघाट गर्न पाइनेछ ।