नेपालमा कोरोनाबाट सातौं व्यक्तिको मृत्यु


काठमाडौं । नेपालमा कारोना संक्रमणबाट सातौं व्यक्तिको मृत्यु भएको छ ।
दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वडा नं ११ कालभैरवको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका ३५ वर्षीय युवाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
बिहीबार उनको स्वाब संकलन गरिएको थियो । यही जेठ ७ गते भारतबाट आएका उनीसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो ।
मृतक युवाको शव के गर्ने भन्नेबारेमा जिल्ला प्रशासनसँग सहकार्य भइरहेको नगरप्रमुख भण्डारीले बताए । कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेमा उनी पहिलो हुन् ।
हालसम्म देशभर कोरानाबाट ज्यान गुमाउने १४ सय नाघेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५