सोमबार, पुष ८, २०८१
16:20 | २२:०५

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट घोषणा (पूर्णपाठ)

रासस मे २८, २०२०

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको घोषणा गरे । गत वर्ष चालू आवका लागि रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश भएको थियो । 

कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४ दशमलव ४ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ ।

त्यसैगरी, वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड व्यहोर्दा रु पाँच खर्ब २४ अर्ब ५० करोड न्यून हुनेछ ।

सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्ब ९९ अर्ब ५० करोड जुटाइने अर्थमन्त्रीले बताए  । यसैगरी, आन्तरिक ऋणबाट रु दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिनेछ ।

बजेटको पूर्णपाठको लागि यहाँ क्लिक गर्नुहोला :

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू