बेलायतमा मृत्यु हुने ६५ नेपालीमा कोरोना संक्रमण पुष्टि



लण्डनस्थित नेपाली दूतावास
लण्डन । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपाली ६५ पुगेका छन् ।
हालसम्म मृत्यु हुने ६५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार हालसम्म कोरोनाबाट ज्यान गुमाउनेमध्ये ५४ जना पुरुष र ११ महिला छन् ।
त्यस्तै, मृतकहरुमा अधिकांश भूतपूर्व गोर्खा छन् । पूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य गरी ५४ जनाको कोरोनाबाट मृत्यु भएको छ । बाँकी ११ जना मृतक गैरगोर्खा समुदायका छन् ।
दूतावासका प्रवक्ता आरनका अनुसार बेलायतमा संक्रमित भएका धेरै नेपाली अहिले निको भइसकेका छन् । उपचारको शिलशिलामा अस्पतालमा भर्ना भएकामध्ये पनि प्राय सबैजना निको भएर घर फर्किसकेका छन् ।
दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, पूर्व गोर्खाका संघसंस्था, विभिन्न काउन्सिल लगायतसंगको समन्वयमा यो तथ्यांक संकलन गरेको बताएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५