सोमबार, फागुन १२, २०८१
बेलायतमा कोरोनाले ज्यान गुमाउने ४ सय १२ थपिए


नेपाली लिङ्क
मे २७, २०२०
लन्डन । कोरोना संक्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा ४ सय १२ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ४ सय ६० पुगेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको तथ्यांकअनुसार पछिल्लो एक दिनमा २ हजार १३ संक्रमित थपिएका छन् ।
बुधबार बिहान ९ बजेसम्म २४ घण्टामा देशभर १ लाख १७ हजार १३ परीक्षण गराइएको छ । यससंगै देशभर संक्रमितको कुल संख्या २ लाख ६७ हजार २ सय ४० पुगेको छ ।
यसैबीच, बेलायतले विहीबारदेखि कोरोना संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत गराउने ‘ट्र्याक एन्ड ट्रेस’ प्रणालीको अभ्यास शुरु गर्दैछ ।
यो प्रणालीले सिंगो जनसंख्यालाई नभइ जोखिममा रहेका समूहको पहिचान गरी आवश्यक सतर्कताका लागि सचेत गराउने भनिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५