नेपालमा कोरोना निको भएर १ सय ५५ जना घर फर्किए



नारायणी अस्पतालबाट ‘डिस्चार्ज’ हुँदै निको भएका संक्रमितहरु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेको संख्या १ सय ५५ पुगेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालबाट थप ४३ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण निको भएर ‘डिस्चार्ज’ हुनेहरुमध्ये ४१ पुरुष र २ महिला छन् । उनीहरु ७ देखि ५३ वर्षसम्म उमेरका छन् ।
अस्पताल भर्ना भएको ११ देखि १६ औं दिन भित्रमा उनीहरु निको भएर डिस्चार्ज भएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हालसम्म देशभरमा संक्रमण निको हुनेमा प्रदेश १ मा २६, प्रदेश २ मा ७२, वाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ५ र सुदूरपश्श्चिम प्रदेशमा ५ जना छन् । उनीहरुमध्ये पुरुष १ सय २४ र महिला ३१ छन् ।
मंगलबारसम्म देशभर संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । कोरोनाबाट अहिलेसम्म देशमा ४ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५