बेलायतमा कसरी गराउने कोरोना भाइरस परीक्षण ?
परीक्षणका लागि कहाँ र कसरी सम्पर्क गर्ने ?


लण्डन । यदि तपाईं बेलायतमा हुनुहुन्छ र कोरोना भाइरसको परीक्षण गराउन चाहनुहुन्छ भने यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले जारी गरेको सूचना उपयोगी हुनेछ ।
कोरोना भाइरस परीक्षण कसले गराउन सक्ने, कसरी गराउन सकिने , परीक्षणका लागि कहाँ सम्पर्क राख्ने जस्ता आधारभूत जानकारीसहित ‘एनएचएस’ ले एक सूचना जारी गरेको छ ।
अंग्रेजीमा प्रकाशित उक्त सूचनालाई बेलायतस्थित नेपाली डाक्टरहरुको संस्था नेप्लिज डक्टर्स एशोसिएसनले नेपाली भाषामा अनुवाद गरेर प्रकाशन गरेको छ ।
नेपालीमा अनुवादित ‘एनएचएस’ को सूचना यहाँ प्रस्तुत छ:
तपाईंलाई कोरोना भाइरस छ कि भनेर जाँच्न-
कसले कोरोनाको परीक्षणको लागि सोध्न सक्छ?
1. तपाईंले आफ्नो लागि कोरोनाको परीक्षण माग्न सक्नु हुन्छ यदि तपाईंसँग अहिले कोरोनाभाइरसका लक्षणहरू छन् भने (जस्तै उच्च तापमान, नयाँ लगातार खोकी, गन्ध वा स्वादमा परिवर्तन) ।
2. यदि तपाईं कसैसँग बस्नुहुन्छ र यदि उनीहरूमा कोरोनाभाइरस लक्षणहरू छन् भने तपाईंले उनीहरूका लागि कोरोनाको परीक्षण माग्न सक्नु हुन्छ ।
यो सेवा इंगल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका व्यक्तिहरूको लागि मात्र उपलब्ध छ ।
यो परीक्षण ५ वर्ष भन्दा मुनिका बच्चाहरुका लागि उपयुक्त छैन ।
यदि तपाईं अरू कसैको लागि परीक्षणको लागि सोध्दै हुनुहुन्छ र त्यो व्यक्ति १३ वर्ष वा सोभन्दा माथि उमेरको छ भने उनीहरूको लागि तपाईंले परीक्षणको लागि सोध्नु भएकोमा उनीहरू खुशी छन् कि छैनन् भनेर सोध्न जरुरी छ ।
कृपया एनएचएस (NHS) लाई मद्दत गर्नुहोस् र यदि तपाईं वा तपाईंसँग बस्ने कसैसँग अहिले कोरोनाका लक्षणहरू छन् भने मात्र तपाईंले परीक्षणको लागि सोध्नुहोस् ।
परीक्षणको लागि कहिले सोध्न उचित हुन्छ?
• लक्षणहरू भएको पहिलो ५ दिनमा तपाईंले परीक्षण गर्नुपर्दछ।
• पहिलो ३ दिनमा परीक्षणको लागि सोध्नु भए उत्तम हुन्छ, किनकि यो मिलाउन एक वा दुई दिन लाग्न सक्दछ।
यस परीक्षणमा के समावेश हुन्छ?
• यो परीक्षणमा प्राय: तपाईंको नाकको भित्र र घाटीको पछाडि लामो कपासको प्रयोग गरी स्वाब लिइन्छ ।
• स्वाब तपाईं आफैले गर्न सक्नुहुन्छ वा कसैले तपाईंको लागि गर्न सक्छ ।
मैले परीक्षणको लागि कहाँ सोध्नु पर्छ ?
कोरोनोको परीक्षणको लागि तपाईंले तल दिइएको अनलाइन लिंकमा गएर सोध्न सक्नुहुन्छ ।
https://www.nhs.uk/ask-for-a-coronavirus-test/outside-of-the-uk
यसका लागि तपाईंलाई यी प्रश्नहरु सोधिन्छ:
• तपाईं जांच कसरी गर्न चाहनुहुन्छ – क्षेत्रीय परीक्षण साइटमा ड्राइभिंग गरेर वा घर परीक्षण किट प्राप्त गरेर
• तपाईंको विवरणहरूको जस्तै नाम, मोबाइल फोन नम्बर र ठेगाना
के मैले यो परिक्षण लिन पाउँछु होला ?
• अहिले परीक्षणको लागि धेरै माग छ।
• एनएचएस (NHS) र सामाजिक सेवा सहित अस्पतालका कर्मचारी र आवश्यक कामदारहरूले प्राथमिकता पाइरहेका छन्।
यस पुस्तिकामा प्रदान गरिएका सबै जानकारीहरू NHS वेबसाइटबाट प्राप्त गरिएको हो (पुस्तिका बनाएको मिति २४/०५/२०२०)
नेपाली भाषामा सल्लाहको लागी कृपया सम्पर्क गर्नुस:
[email protected]
https://www.facebook.com/UKNDA/
http://ndauk.org.uk
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५