बेलायतमा कोरोनाका मृत्यु र नयाँ संक्रमण लगातार घट्दो क्रममा


लण्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा निरन्तर गिरावट आइरहेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार पछिल्लो २४ घण्टामा देशभरमा कोरोना संक्रमणबाट १ सय २१ जनाको मृत्यु भएको छ ।
यसअघि लकडाउन शुरु भएयताकै सबैभन्दा न्यून दैनिक मृतक संख्या आइतबार १ सय १८ सार्वजनिक भएको थियो ।
पछिल्लो तथ्यांकसंगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ३६ हजार ९ सय १४ पुगेको छ ।
विकेण्डमा मृतकहरुको विवरण संकलनमा ढिलाई हुने कारण अन्य दिनको तुलनामा मृतक संख्या न्यून देखिने गरेको छ । तर अघिल्लो साताको विकेण्डकै तुलनामा पनि यसपटक मृत्यु संख्या घटेको छ ।
पछिल्लो २४ घण्टामा देशभरमा कोरोना भाइरसका करिब ७६ हजार परीक्षण गराइएको छ । जसमा १ हजार ६ सय २५ जनामा संक्रमण ‘पोजिटिभ’ पाइएको छ ।
एक दिनको अवधिमा संक्रमित हुनेको यो संख्या विगत ९ सातायताकै सबैभन्दा न्यून हो ।
हालसम्म देशभरमा कुल ३५ लाख ३२ हजार ६ सय ३४ परीक्षण गराइएकोमा संक्रमित हुनेहरुको कुल संख्या २ लाख ६१ हजार १ सय ८४ संख्या पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५