सोमबार, फागुन १२, २०८१
कोरोना संक्रमणबाट नेपालमा चौंथो व्यक्तिको मृत्यु भएको पुष्टि


नेपाली लिङ्क
मे २५, २०२०
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट चौंथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
गत जेठ ४ गते मृत्यु भएका बारा करैयामाइका ७० वर्षीय वृद्धलाई कोरोनाको संक्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । यससंगै हालसम्म नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका वृद्धको सोहि दिन नै अन्त्येष्टि गरिएको थियो ।
शुरुमा नारायणी अस्पतालमा भएको मृतकको पिसिआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो ।
त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पुनः परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५