नेपालमा संक्रमित ६ सय नाघे, निको हुने ८७


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ६ सय नाघेको छ । आइतबार दिउँसो थप १९ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म देशभरमा संक्रमित हुनेको जम्मा संख्या ६ सय ३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नयाँ संक्रमितहरु मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौं र नुवाकोट जिल्लाका हुन् ।
मोरङका ४५ वर्षीय पुरुष, बाराका ३२ वर्षीय पुरुष, पर्साका २५ वर्षीय पुरुष, पर्सा घर भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुष, काठमाडौँका ७९ वर्षीय पुरुष र नुवाकोटका ३९ वर्षीय पुरुष छन् ।
प्रवक्ता देवकोटाका अनुसार हालसम्म देशभरमा ४२ जिल्लामा संक्रमण पाइएको छ । संक्रमितमध्ये ५ सय २४ पुरुष र ७९ महिला छन् ।
देशभरमा हालसम्म निको हुनेको संख्या ८७ छ भने अहिले क्वारेन्टिनमा रहने ३९ हजार ८ सय ४ जना छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५