नेपालमा शनिबार थप ६८ जनामा संक्रमण, कुल संक्रमित ५ सय ८४


काठमाडौं । नेपालमा शनिबार दिउँसो थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अब देशमा संक्रमितको जम्मा संख्या ५ सय ८४ पुगेको छ ।
नयाँ संक्रमितमा बाँकेका २७ जना छन् भने बैतडीका चार, सुर्खेतका तीन तथा बर्दिया र झापाका एकएक जना छन् । बाँकेका सबै नयाँ संक्रमित नरैनापुरका हुन् ।
शनिबार एक दिनमै ६८ संक्रमित थपिएका छन् । यसअघि बिहान मात्र ३२ जना कोरोना संक्रमित थपिएका थिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुका ८ जना, सर्लाहीका १३ जना र काठमाडौ र बाराका एकएक जनामा कोरोना संक्रमण देखिएको थियो ।
त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका ८ पुरुषमा संक्रमण पाइएको थियो । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय एक जनामा संक्रमण देखिएको थियो ।
कोरोना संक्रमणबाट हालसम्म नेपालमा तीन जनाले ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५