कोरोना जितेर फर्किनेलाई गाउँमा स्वागत



शुक्रबार २१ जना संक्रमित एकैपटक डिस्चार्ज भएर घर फर्किएका थिए ।
बाँके । एक्काइस संक्रमितले कोरोना भाइरसलाई पराजित गरेर घर फर्किंदा नेपालगञ्जको जोलाहनपूर्वा टोलमा खुशियाली छाएको छ ।
बाइसौँ दिनमा कोरोना परास्त गरी खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालबाट शुक्रबार घर पुग्दा नेपालगञ्जको पहिलो कोरोना खतरा क्षेत्र बन्न पुगेको जोलाहनपूर्वावासीले हर्षका साथ स्वागत सम्मान गरेका थिए ।
टोलका सबैजना एकसाथ घर फर्किंदा टोलवासीमा कोरोनाको त्रास हटेर खुशीको वातावरण सिर्जना भएको स्थानीयवासी नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख समसुद्दिन सिद्दिकीले बताए ।
एकैसाथ धेरै संक्रमित हुँदा निराश र त्रासमा रहेका घरपरिवार र टोलवासी बिरामी निको भएर घर फर्किंदा रमजान पर्वको पूर्वसन्ध्यामा खुशी साटासाटसमेत गर्ने वातावरण बनेको उनको भनाइ थियो ।
यसअघि कारोनाको संक्रमण पुष्टी भएका सो टोलका २१ जना निको भएर एकैपटक शुक्रबार ‘डिस्चार्ज’ भएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५