बेलायतको इन्जिन निर्माता ‘रोल्स रोयस’ बाट ९ हजार कर्मचारी कटौती



तस्विर : रोयटर्स
लन्डन । बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी ‘रोल्स रोयस’ ले कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई बिदाई गर्ने भएको छ ।
कम्पनीको प्रमुख कार्यकारी वारेन ईष्टले वर्तमान संकट आफूहरुका कारण सिर्जना नभएको जनाउँदै यस संकटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताएका छन् ।
उनले जारी गरेको वक्तव्यमा विश्वभर छरिएर रहेका कम्पनीमा कार्यरत २५ प्रतिशत कर्मचारी हटाउनैपर्ने स्थितिमा आफूहरु पुगेको स्पष्ट पारेका छन् ।
ईष्टले भनेका छन्, ‘हाम्रा हवाई ग्राहकहरु पनि यस्तै समस्यासँग जुधिरहेका छन् र हामीले पनि त्यही पदचिह्नमा हिँड्नुको विकल्प छैन ।’
‘रोल्स रोयल्स’ कम्पनीमा हाल विश्वभर करिब ५२ हजार कर्मचारी छन् । कर्मचारी कटौतीबाट कम्पनीको वार्षिक बचत १ अर्ब ६० करोड डलरभन्दा बढी हुनेछ ।
कम्पनीका कर्मचारीको व्यवस्थापन र अन्य कार्यका लागि करिब ८० करोड पाउन्ड खर्च हुनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५