सोमबार, फागुन १२, २०८१
रोल्पामा आइसोलेसनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ


रासस
मे २०, २०२०
रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार रोल्पा अस्पतालको आइसोलेसनमा रहेकै बेला रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो ।
दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ । टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो ।
अस्पतालको आइसोलेसन वार्डमा रहेका बेला मृत्यु भएको रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्तीमगरले जानकारी दिइन् ।
हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकोमा १९ को नेगेटिभ रिपोर्ट आएको र तीन जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५