नेपालमा ३ सय ५७ पुगे संक्रमित
एकैदिन थपिए ५३ संक्रमित



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा
काठमाडौं । नेपालमा सोमबार ५३ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले हालसम्म कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको पुष्टी गरे । जसमध्ये २ सय ९८ पुरुष र ५९ जना महिला छन् ।
उनका अनुसार सोमबार थपिएका संक्रमितमा बाँकेका ४७ जना हुन् । उनीहरुमध्ये ४६ पुरुष र १ महिला छन् । उनीहरु बाँकेको नरैनापुरस्थित ’क्वारेन्टिन’ मा बसेका थिए । जहाँ कोरोना संक्रमणबाट आइतबार २५ वर्षीय युवकको मृत्यु भएको थियो ।
संक्रमितहरुमध्ये अधिकांश भारतबाट फर्किएका हुन् । सोमबार भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा संक्रमण भेटिएको हो ।
त्यस्तै, सोमबार थपिएका अन्य संक्रमितमा मोरङ, भैरहवा, धुलिखेल, दाङ र धादिङका एक-एक जना छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु समेत भइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५