बेलायतमा मृतक संख्या ३४ हजार कट्यो
पछिल्लो २४ घण्टामा थप ४ सय ६८ को मृत्यु


लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेहरुको संख्या ३४ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ सय ६८ को मृत्यु भएपछि हालसम्मको कुल मृतक संख्या ३४ हजार ४ सय ६६ पुगेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार शनिबार बिहान ९ बजेसम्म २४ घण्टामा बेलायतमा कोरोना भाइरसका १ लाख ३६ हजार ४ सय ८६ वटा परीक्षण गराइएको छ ।
एक दिनको अवधिमा भएका परीक्षणहरुको यो संख्या अहिलेसम्मकै सर्वाधिक हो ।
यससंगै हालसम्म बेलायतमा जम्मा १७ लाख ४२ हजार २८ परीक्षण भएका छन् । जसमध्ये २ लाख ४० हजार १ सय ६१ मा संक्रमण भेटिएको छ ।
यस्तै, अहिले बेलायतका अस्पतालहरुमा उपचार गराइरहेका कोरोना संक्रमितहरुको संख्या १० हजार ४ सय ८४ छ । जुन संख्या एक साताको अघिको तुलनामा १४ सयले थोरै हो ।
यसैबीच, शनिबारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा बेलायतका शिक्षामन्त्री गेभिन विलियम्सनले संक्रमणको दर फेरि नबढे आउँदो जुन १ देखि प्राइमरी स्कुल खुला हुने बताए ।
बेलायतका शिक्षक युनियनहरुले स्कुल सञ्चालनका लागि पर्याप्त सुरक्षा भइनसकेको गुनासो गरिरहँदा मन्त्री विलियम्सनले सरकारले आवश्यक सुरक्षा प्रबन्ध गर्ने बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५