महिला मृत्युको कारण कोभिड परीक्षणपछि थाहा हुने



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्युको कारण कोभिड-१९ को परीक्षणपछि मात्र थाहा हुने बताएको छ ।
मन्त्रालयले शनिबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महिलाको मृत्युका सम्बन्धमा विस्तृत विवरण लिइरहेकाले पछि मात्र आधिकारिक जानकारी आउने बताए ।
‘महिलाको कोभिड- १९ सम्बन्धी थप परीक्षण भइरहेका छन्, यो परीक्षण र सम्पूर्ण विवरण प्राप्त भएपछि मात्र मन्त्रालयले आधिकारिक रुपमा कोभिड-१९ सँगको मृत्यु हो वा होइन भन्ने कुरा निक्र्यौल गर्नेछ’, उनले भने ।
उनका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ वैशाख गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् ।
सुत्केरी भएपछि ती महिलालाई २५ गते घर पठाइएको थियो । घरमा गएपछि ज्वरो, श्वासप्रश्वास जस्ता समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएकी महिलाको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पताल आउँदै गर्दा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५