भिसी थापाको शालिक निर्माणका लागि ‘इन्टेक २०००’ को आर्थिक सहयोग


फानबरो । अल्डरसटमा निर्माण हुन लागेको भिसी कुलवीर थापाको शालिकका लागि ‘इन्टेक २०००’ ले आर्थिक सहयोग गरेको छ ।
ग्रेटर रश्मोर नेपाली कम्युनिटीले अगुवाई गरेको पहिलो भिसी थापाको शालिक निर्माण प्रोजेक्टमा ‘इन्टेक २०००’ ले ११ सय ६० पाउन्ड प्रदान गरेको हो ।
शुक्रबार स्थानीय रश्मोर बरो काउन्सिलको प्रांगणमा उक्त इन्टेकका तर्फबाट ‘रेजिमेन्टल सार्जन मेजर’ गिरी लिम्बूले सहयोग चेक हस्तान्तरण गरे । ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईले चेक ग्रहण गरे ।
उक्त अवसरमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे, सल्लाहकार एवम् प्रोजेक्ट संयोजक मेजर खिम गौचन, सल्लाहकार क्याप्टेन ताम ढेगा, कोषाध्यक्ष टोप पल्ली र इन्टेक २००० का सार्जन्ट तथा इन्टेक सेक्रेटरी आनन्द राई समेतको उपस्थिति थियो।
चेक हस्तान्तरणका क्रममा अहिले कोरोना भाइरसको महामारी तथा सरकारको निर्देशिका मध्यनजर गर्दै सामाजिक दूरीलाई विशेष ध्यान दिइएको ग्रेटर रश्मोर नेपाली कम्युनिटीकी महासचिव प्रमिला लाबुंग राईले जानकारी दिइन् ।
गोर्खा मेमोरियल प्रोजेक्ट र ग्रेटर रश्मोर नेपाली कम्युनिटीले सहयोगका लागि ‘इन्टेक २०००’ प्रति आभार प्रकट गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५