चीनद्वारा नेपाललाई ४० हजार थान ‘पिसीआर किट’ सहितका सामग्री हस्तान्तरण


काठमाडौँ । नेपाललाई चीन सरकारले ‘कोभिड १९’ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान ‘पिसीआर किट’, २० हजार थान एन ९५ मास्क, आठ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान डिस्पोजेबल कभरअललगायतका सामग्री हस्तान्तरण गरेकी हुन् ।
यसअघि पनि चीनले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । केही दिनअघि स्वीस सरकारले पनि ३० हजार थान पिसिआर परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएको थियो ।
सो अवसरमा स्वास्थ्यमन्त्री ढकालले छिमेकी देश चीनले संकटका बेला सहयोग गर्ने गरेको उल्लेख गर्दै आपतका बेला छिमेकीले गरेको यो सहयोग अविस्मरणीय हुने बताए ।
चिनियाँ राजदूत यान्छीले केही महिनाअघि चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको स्मरण गर्दै अहिले नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५