सोमबार, फागुन १२, २०८१
घरायसी विवादमा श्रीमतीको हत्या


रासस
मे १०, २०२०
चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९:४५ बजेको समयमा घटना भएको हो ।
परीक्षणका लागि शवलाई भरतपुर अस्पताल ल्याइएको छ ।
हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । निजका दुई श्रीमती रहेको जनाइएको छ । मञ्जु कान्छी हुन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ कोइरालाले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५