सोमबार, फागुन १२, २०८१
सांसद र कर्मचारीको रिपोर्ट नेगेटिभ


रासस
मे ८, २०२०
काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको ‘कोभिड-१९’ को स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा’ का निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट ‘नेगेटिभ’ आएको जानकारी दिए ।
तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी थिए । उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी ‘पिसिआर’ परीक्षण गरिएको थियो ।
शुक्रबारदेखि संघीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य ‘पिसिआर’ परीक्षण गरिएको थियो ।
महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको शुक्रबार ’पिसिआर’ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५