स्वीस सरकारद्वारा ३० हजार पीसीआर टेष्ट किट हस्तान्तरण



स्वीस सरकार विकास सहयोग (एसडिसी) का प्रतिनिधिबाट सरकारलाई कोरोना भाईरस (कोभिड १९) परीक्षणका लागि ३० हजार थान पिसिआर किट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण । तस्वीर-रासस
काठमाडौं । नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ ।
त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बिहीबार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त किट हस्तान्तरण गरेकी हुन् । स्वीस सरकार विकास सहयोग (एसडिसि) को सहयोगमा चार हजार पिपिई सेट एक हजार इनफ्रारेड थर्मोमिटर आठ हजार एन ९५ मास्क यसअघि नै हस्तान्तरण गरिसकेको छ ।
नेपाल सरकारलाई उक्त संस्थाले कोभिड–१९ को पूर्वतयारी, राहत र पुनस्थापनाका प्रयास सहयोग पुरयाउन रु पाँच लाखको कोष स्वीकृत गरेको छ । कोषले महामारी प्रभावित नेपालीको सामाजिक, आर्थिक असर घटाउन एवं आवश्यकता र समावेशितामा आधारित कार्यमा प्रभावकारी सम्बोधन गर्नेछ ।
नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले ३० हजार किट सरकारलाई कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५