नेकपा स्थायी कमिटी बैठकको कार्यसूची तय गर्ने जिम्मा अध्यक्षद्वयलाई



फाइल तस्विर
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको छ ।
स्थायी कमिटीका २० सदस्यले बैठक बोलाउन माग गरेपछि यसअघि बसेको सचिवालय बैठकले विहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।
उक्त बैठकको कार्यसूचीलगायत आवश्यक तयारीका लागि बुधबार सचिवालय बैठक बसेको थियो । आवश्यक तयारी नपुगेपछि बैठक विहीबार नै बस्ने या अर्को दिनलाई सार्ने भन्ने कुरा निश्चित हुन सकेन ।
सचिवालयको वैशाख २० गतेको निष्कर्षको मर्मअनुरुप उक्त बैठकको कार्यसूची र प्रस्ताव तयार पार्ने प्रक्रियाका सम्बन्धमा दुई अध्यक्षद्वयले अझै गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारसँग भने, ‘अहिले पनि अध्यक्षद्वय छलफलमै हुनुहुन्छ, दुई जनाले सल्लाह गरेर स्थायी कमिटी बैठक र त्यसको कार्यसूचीका बारेमा निर्णय गर्नुहुने भएको छ ।’
उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो व्यस्तता र शारीरिक कारणले बैठकमा पूरा समय दिन नसक्ने जानकारी गराएर बीचमै निस्किएको तर अन्यथा केही नभएको प्रष्ट्याए । अध्यक्षद्वयबीच छलफल जारी रहेकोसमेत उनले जानकारी गराए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५