बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या मार्चयताकै न्यून



बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानकक
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ सय ८८ जनाले ज्यान गुमाएका छन् ।
एक दिनको अवधिमा भएका मृत्युको यो संख्या मार्चको अन्तिम सातायताकै सबैभन्दा न्यून हो ।
बेलायत सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री म्याट ह्यानककले भने विकेण्डमा मृत्युको ‘रिपोर्टिङ’ ढिलो हुने कारण पनि मृतकको संख्या कम देखिएको बताए ।
‘आज निकै न्यून देखिएको दैनिक मृत्युको संख्या आउँदा दिनमा बढ्ने हाम्रो आँकलन छ’, उनले भने ।
यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या २८ हजार ७ सय ३४ पुगेको छ ।
गत २४ घण्टामा ८५ हजार १ सय ८६ परीक्षणहरु गराइएको पनि मन्त्री ह्यानककले जानकारी दिए । जसमध्ये ३ हजार ९ सय ८५ जनामा संक्रमण भेटिएको छ । अब बेलायतमा कुल संक्रमितको संख्या १ लाख ९० हजार ५ सय ८४ पुगेको छ ।
अस्पतालमा भर्ना भएकाहरुको संख्या पनि बिस्तारै घट्दै गएको छ । जुन संख्या केहि हप्ताको अन्तरालमा २० हजारबाट १४ हजारभन्दा तल झरेको छ ।
सोमबारको ‘ब्रिफिङ’ मा मन्त्री ह्यानककले मोबाइल एप्लिकेसनमार्फत संक्रमणको लक्षण देखिनेहरुको पहिचान र ट्रयाकिङका लागि ‘टेस्ट, ट्रयाक एण्ड ट्रेस’ नामक कार्यक्रमको घोषणा पनि गरे ।
मंगलबारदेखि आएल अफ ह्वाइट क्षेत्रबाट शुरु गर्न लागिएको उक्त कार्यक्रमको लागि ‘एनएचएस मोबाइल एप्लिकेसन’ डाउनलोड गर्न त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५