बिहीबार, कार्तिक १५, २०८१
06:41
|
१२:२६
फुटबलर समीक्षाका लागि सहयोग जुटाइँदै
रासस
मे ३, २०२०
काठमाडौँ । आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ ।
यु-१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) महिला विभाग प्रमुख एवं महिला फुटबल टोलीका पूर्व प्रशिक्षक हरि खड्काले शनिबार रु ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोली, महिला विभाग र पदाधिकारीको तर्फबाट उक्त सहयोग गरिने उनले बताए ।
त्यस्तै, मनाङ मर्स्याङ्दी क्लबले मगरको उपचारका लागि रु ३० हजार तथा एन्फा र विराट साङ्ग्रिला स्पोर्टस् क्लबले समान रु २५ हजार सहयोग गरेका छन् ।
‘लकडाउन’ अघि घर गएकी मगरको यही वैशाख १२ गते उदयपुरस्थित घरमा काम गर्ने क्रममा ढुङ्गाले लागेर आँखामा चोट लागेको थियो । उनको अहिले मोरङको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ