चिनियाँ राजदूतद्वारा दाहाल र नेपालसंग छुट्टाछुट्टै भेटवार्ता



नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्दै नेपालका लागि चीनका राजदूत होउ यान्छी ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले शुक्रबार शिष्टाचार भेट गरेकी छन् ।
अध्यक्ष दाहाल निवास खुमलटारमा भएको भेटमा कोरोना भाइरस संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चिनियाँ सहयोगका बारेमा कुराकानी भएको थियो । अध्यक्ष दाहालले कोरोनासँग आफै पनि जुधिरहेको चीनले खुला हृदयका साथ नेपाललाई सहयोग गरेकामा चीन सरकार र चिनियाँ जनताको उच्च प्रशंसा गरे ।
अध्यक्ष दाहालले राजदूतमार्फत चीन सरकारले नेपाललाई उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
सो अवसरमा चिनियाँ राजदूतले कोरोना भाइरसको नियन्त्रणमा नेपाललाई उपलब्ध गराएको सहयोग निरन्तर जारी राख्ने र आवश्यक परेको खण्डमा अझै थप सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष दाहाललाई गराएकी थिइन् ।
यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि शुक्रबार नै चिनियाँ राजदूतले शिष्टाचार भेट गरिन् । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उनीहरुबीच नेपाल र चीन सम्बन्धमा विविध आयामबारे छलफल भएको थियो ।
नेता नेपाल नेकपाको विदेश विभाग प्रमुखसमेत हुन् ।
नेकपाको नेतृत्व तहका नेताहरुबीच पछिल्लो मतभेद कायम रहँदा चीनीयाँ राजदूतले दुई नेतालाई भेटेकी हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५