आइतबार, फागुन ११, २०८१
नेपालमा थप दुईमा संक्रमण, कुल संक्रमित ५९


रासस
मे १, २०२०

हालसम्म नेपालमा संक्रमितको कुल संख्या ५९ पुगेको छ ।
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका दुई नयाँ कस थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा ‘कोभिड-१९’ संक्रमण भेटिएको पुष्टी गरेको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा शुक्रबार उनीहरुमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
संक्रमित हुनेमा रुपन्देहीका २५ र नेपालगञ्ज, बाँकेका ६० वर्षीय पुरुष छन् ।
उनीहरु दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए ।
यससंगै हालसम्म नेपालमा संक्रमितको कुल संख्या ५९ पुगेको छ । संक्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५