कोभिड ‘फ्रन्टलाइनर’ स्वास्थकर्मीलाई लन्च अफर


लन्डन । ब्रिटेनमा प्रत्येक बिहीबार सांझ ८ बजे ताली बजाएर कोभिड फ्रन्टलाइनर स्वास्थकर्मीलाई सम्मान गर्नेक्रम जारी छ ।
तर, बेलायतका एक नेपाली व्यवसायीले बिहीबार सम्मान व्यक्त गर्न नयां शैली अपनाए ।
ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टका सञ्चालक विष्णु खरेलले रोयल सर्रे हस्पिटल, गिलफोर्डमा ‘कोभिड १९’ बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई लन्च अफर गरे । उनले ८० वटा लन्च बक्स बांडेका हुन् ।
‘अरुले ताली बजाएर सम्मान गरिरहंदा मैले आफ्नो रिसोर्सेसले भ्याउने गरि लन्च प्रदान गरें’, खरेलले भने, ‘यो उनीहरुप्रतिको केवल सम्मान हो ।’
बेलिफ रेष्टुरेन्टले बेला बेला समुदायका लागि सेवा गर्दै आएको छ । रेष्टुरेन्टमा गत फेब्रुअरी तेश्रो साता एक च्यारिटी समेत भएको थियो ।
एनआरएनए यूके, क्याट यूके लगायतका संघसंस्थामा सल्लाहकार रहेका सञ्चालक खरेल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५