दुबईबाट बेलायतलाई ६० टन ‘पीपीई’ सहयोग



दुबईका प्रधानमन्त्री ‘शेख महम्मद बिन रशिद अल माक्तोअम’
लण्डन । कोरोना भाइरसको चपेटामा परेको बेलायतका लागि दुबईले सहयोगको हात अघि बढाएको छ ।
दुबईले बेलायतका स्वास्थ्यकर्मीहरुका लागि ६० टन व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन लागेको हो ।
दुबईले सहयोग गरेका ‘पीपीई’ को पहिलो ‘लट’ विहीबार चीनबाट लण्डन उत्रिएको बीबीसीले जनाएको छ । जसमा ६ सय ६० भन्दा बढि ‘फेस मास्क’ का बक्स लगायत सामग्री समावेश थिए ।
केहि दिनभित्र अरु केहि उडानमार्फत थप सहयोग लण्डन आइपुग्नेछ ।
दुई देशबीचको पुरानो र गहिरो सम्बन्धलाई ध्यानमा राख्दै दुबईका प्रधानमन्त्री ‘शेख महम्मद बिन रशिद अल माक्तोअम’ ले बेलायतलाई महामारीका बेला ‘पीपीई’ सहयोग गर्न चाहेका हुन् ।
बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सरकारले अझैपनि पर्याप्त पीपीई व्यवस्था गर्न नसकेको गुनासोबीच दुबईको सहयोग आएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५