रोल्पामा बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु



फाइल तस्विरमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ, जहाँ विहीबार अपराह्न भएको बम विस्फोटमा चार बालबालिकाले ज्यान गुमाएका छन् ।
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा विहीबार अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् ।
गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका थिए ।
उक्त बम विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए । मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको उनले बताए ।
घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिए । घटना भएको प्रहरीले पुष्टी गरेको छ ।
घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए ।
के कति कारणले घटना भयो केही समयपछि थाहा हुने उनले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५