कोरोनाबाट मृत्यु भएका तामाङको लण्डनमा अन्त्येष्टी


लण्डन । कोरोना भाइरस संक्रमणबाट दुई साताअघि निधन भएका पूर्व गोर्खा हरिमान तामाङको विहीबार लण्डनमा अन्त्येष्टी गरिएको छ ।
लण्डन, फेल्थामको ‘हनवर्थ सिमेट्री एण्ड क्रिमेटोरियम’ मा सानो संख्यामा परिवारका सदस्य, आफन्त र केहि संघसंस्थाका प्रतिनिधिको सहभागितामा उनको अन्त्येष्टी भएको हो ।
बौद्ध परम्पराअनुसार सम्पन्न अन्तिम संस्कारको विधि लामा प्रेम लामा तामाङले सञ्चालन गरेका थिए । त्यसअवसरमा गेसो केन्द्रीय उपाध्यक्ष धर्म तामाङको संयोजनमा मृतकको स्मृतिमा श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो ।
अन्त्येष्टीमा सहभागी परिवारका सदस्य र आफन्तले निश्चित दूरी कायम गरेर परैबाट पार्थिव शरीरमा फूल चढाएका थिए ।
अन्तिम संस्कारको कार्यक्रममा मृतककी पत्नी, छोरी कला तामाङ, ज्वाईं मणि तामाङसंगै गेसो उपाध्यक्ष धर्म तामाङ, तामाङ सोसाइटी अफ यूके अध्यक्ष अञ्जु तामाङ, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसिसी) यूके लण्डन शाखाका उपाध्यक्ष मोति तामाङ, हिलिङडन गोर्खा नेप्लिज कम्युनिटीका तर्फबाट सचिव शुक्र तामाङ र नरेन्द्र तामाङ लगायतको सहभागिता थियो ।
अन्तिम संस्कारअघि ‘भिडियो कन्फरेन्स’ मार्फत काठमाडौं, धरान र अष्ट्रेलिया लगायतका ठाउँमा रहेका परिवारका सदस्यहरुको सभागितामा लामा गुरुले मृत्यु संस्कारको कर्मकाण्ड गराएका थिए ।
लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा बस्दै आएका ८२ वर्षीय तामाङको अप्रिल १५ तारिखमा उपचारका क्रममा स्थानीय अस्पतालमै निधन भएको थियो ।
धनकुटा हात्तिखर्क, माकलुङ स्थायी घर भएका उनी पत्नी र छोरी, ज्वाईंका साथ लण्डन बस्दै आएका थिए । उनका एक छोरा भने अष्ट्रेलियामा छन् ।
थप तस्विरहरु:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५