‘लकडाउन’ कडा पार्न गृह मन्त्रालयको निर्देशन


काठमाडौँ । ‘लकडाउन’ थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।
बीचबाटामा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिक रुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले मन्त्रालयले अबदेखि पासविनाका सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउन भनेको हो ।
हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा ‘कोभिड-१९’ संक्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
‘लकडाउन’लाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकभरमा ५२ जनामा ‘कोभिड-१९’ संक्रमण पुष्टि भइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५