बेलायतका साहित्यकारलाई लकडाउनले छेकेन


लन्डन । बेलायत लकडाउन र कोरोना भाइरसको चपेटामा छ । मानिसहरु मनोवैज्ञानिक त्रास बोकेर बांचिरहेका छन् । लकडाउन कहिले खुकुलो हुने हो थाहा छैन् । यो माहोल बेलायतका साहित्यकारहरुलाई भने आफ्नो साहित्यिक गतिविधिमा वाधक भएन ।
उनीहरुले ‘भर्चुअल’ कविता वाचन गरेर लकडाउनको पट्यारलाग्दो समय गुजारेका छन् ।
नेपाली साहित्य विकास परिषदले ‘जुम’ का माध्यमबाट एक कवि गोष्ठी आयोजना गरेको छ । परिषद्का सल्लाहकार कृष्ण भट्टको संयोजन एवं सञ्चालन र परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लको सभापतित्वमा गोष्ठी भएको हो ।
कार्यक्रममा परिषदका संस्थापक तथा पूर्व अध्यक्ष सुरेशजङ्ग शाहले स्वागत मन्तव्य दिएका थिए । उक्त कवि गोष्ठीको प्रमुख अतिथि थिए वरिष्ठ कवि साहित्यकार गोपाल पराजुली । पराजुलीले नेपालबाट मन्तव्यसहित कविता वाचन गरेर कार्यक्रम उद्घाटन गरे ।
नेपाल तथा बेलायतका विभिन्न ठाउंबाट सहभागी सर्जकहरूले आ-आफ्ना कविता, मुक्तक, गीत-गजल र छोटो मन्तव्य राखे । सिर्जना वाचनमा १६ जना सर्जकहरु नेपालबाट वरिष्ठ कवि एवं साहित्यकार गोपाल पराजुली र चिरञ्जिवी ढकाल, बेलायतबाट रेशम अर्याल, डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’, अजिता सिम्खडा, विजय हितान, नृपेश उप्रेती, खगेन्द्र नेपाली, दुर्गाप्रसाद पोखरेल, हरिसिंह थापा, ध्रुव केसी, कृष्ण भट्ट, सुरेन्द्र श्रेष्ठ, बिराज भट्ट, कोमलप्रसाद श्रेष्ठ मल्ल र सुरेशजङ्ग शाह थिए ।
अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन गर्दै लकडाउनका कारण नेपाली साहित्य विकास परिषद्का नियमित कार्यक्रमहरू रद्द गर्नु परेको अवस्थामा परिस्थिति अनुकुल नभइन्जेल परिषद्ले यस्तै अनलाइन वेवीनारद्वारा साहित्यिक गतिविधि अगाडि बढाउने जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५