आइतबार, फागुन ११, २०८१
कोरोनाले बेलायत बस्दै आएका पूर्व प्रअ लिङ्देनको निधन


नेपाली लिङ्क
अप्रिल २३, २०२०
लन्डन । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा थप एक नेपालीको निधन भएको छ ।
बेलायतको रेडिङमा बस्दै आएका अन्दाजी ६५ वर्षीय हंसराज लिङ्देनको बुधबार निधन भएको उनका आफन्त समेत रहेका एनआरएनए यूके पूर्व महासचिव विजयविक्रम लिङ्देनले बताए ।
मृतक पछिल्लो तीन सातादेखि स्थानीय रोयल बर्कशायर अस्पतालमा उपचाररत थिए ।
मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घ रोगबाट पीडीत रहेका लिङ्देनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पातल भर्ना गरिएको थियो ।
उनमा कोरोना संक्रमण भएको जानकारी केही दिनअघि अस्पतालले परिवारलाई गराएको थियो ।
झापा खुदुनावारीका लिङ्देन स्थानीय जनता माविका पूर्व प्रधानाध्यापक समेत हुन् ।
सन २००६ देखि उनी श्रीमती र दुई छोरीसंगै बेलायतमा बस्दै आएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५