मुटुको अप्रेसन गरी ‘भल्भ’ फेरिएका गुरुङको कोरोनाले निधन



मृतक ४८ वर्षका आइतबहादुर गुरुङ
लण्डन । कोरोना भाइरसको संक्रमणबाटै बेलायतमा थप एक नेपालीले ज्यान गुमाएका छन् । लण्डनको वेम्बली क्षेत्रमा बस्ने ४८ वर्षका आइतबहादुर गुरुङको बुधबार लण्डनको ‘नर्थविक पार्क अस्पताल’मा उपचारकै क्रममा निधन भएको हो ।
मृतकका ‘पुसाईं’ समेत पर्ने तमु समाज यूकेका सल्लाहकार चन्द्रबहादुर गुरुङका अनुसार अघिल्लो साताको मंगलबार अस्पताल भर्ना भएका गुरुङको बुधबार बिहान निधन भएको जानकारी अस्पतालले परिवारलाई गराएको छ ।
यसअघि नै उनमा कोरोनाको संक्रमण पुष्टी भइसकेको जानकारी समेत परिवारलाई दिइएको थियो ।
मृतक गुरुङको निधन भएको ‘नर्थविक पार्क अस्पताल’मै करिब १० वर्षअघि उनको मुटुको ‘अप्रेसन’ गरी ‘भल्भ’ फेरिएको उनका पुसाईं गुरुङले बताए ।
त्यसयता उनको स्वास्थ्य अवस्था सामान्य रहँदै आएको र अन्य कुनै समस्या नरहेको बुझिएको छ ।
गुरुङले ‘सेक्युरिटी गार्ड’का रुपमा काम गर्दै आएका थिए ।
सन् २००७ मा हङकङबाट बेलायत आएका गुरुङ श्रीमती र एक्ला छोराका साथ बेलायतमा बस्दै आएका थिए । लमजुङको पोखरीथोकमा जन्मिएका उनको पछिल्लो समय पोखरामा थियो ।
बेलायतमा कोरोना संक्रमणबाट यसअघि डेढ दर्जनभन्दा बढि नेपालीको निधन भइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५