विश्वभर कोरोना कहर यथावत, युरोपमा मात्र १ लाख बढीको मृत्यु
जेनेभा । कोरोना भाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ ।
हालसम्म युरोपेली मुलुकमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम समेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।
‘जोन्स हप्किन्स विश्वविद्यालय’का अनुसार मंगलबार मध्यान्हसम्म युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
कोरोना संक्रमणको महादेशीय स्थिति-
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
१. युरोप ११,१९,६७६ ३,२६,२४९ १,०४,५७९
२. उत्तर अमेरिका ८,५२,३०८ ८९,१६३ ४५,४७६
३. एसिया ३,९८,७२९ १,८७,०३६ १५,१६६
४. दक्षिण अमेरिका ८६,५९२ ३७,९४० ४,०८२
५. अफ्रिका २४,२०९ ६,४७१ १,१६४
६. ओसेनिया (अस्ट्रेलिया) ८,१८६ ५,७३० ८४
-विश्वभर २४,९०,४२१ ६,५३,२३३ १,७०,५६६