आइतबार, फागुन ११, २०८१
कोरोना अपडेटः विश्वभर मृतक संख्या १ लाख ४६ हजार नाघ्यो


रासस-एपी-एएफपी
अप्रिल १७, २०२०
५ वैशाख– विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।
अमेरिकामा ६ लाख ७८ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३४ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार १७४ जनाको मृत्यु भएको थियो ।
दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार भन्दाबढीको ज्यान गएको छ भने संक्रमितको एक लाख ६८ हजार ५०० नाघेको छ ।
स्पेनमा भने १९ हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८४ हजार ५०० नाघेको छ । कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार ९२० जना र बेलायतमा १३ हजार ७२९ जनाको मृत्यु भएको छ ।
बेल्जियममा ४ हजार ८५७ जना, जर्मनीमा ४ हजार ९३ जना, नेदरल्यान्ड्समा ३ हजार ३१५ जना, स्वीट्जरल्यान्डमा १ हजार २८१ जना, स्वीडेनमा एक हजार २३३ र आयरल्यान्डमा ४८६ जनाको मृत्यु भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५