ननिटनमा निधन भएका गुरुङमा कोरोना संक्रमण पुष्टी



दुई दिनअघि बेलायतको ननिटनमा निधन भएका भूतपूर्व गोर्खा हस्तवीर गुरुङमा कोरोनाको संक्रमण पुष्टी भएको छ ।
लण्डन । दुई दिनअघि बेलायतको ननिटनमा निधन भएका भूतपूर्व गोर्खा हस्तवीर गुरुङमा कोरोनाको संक्रमण पुष्टी भएको छ ।
७८ वर्षीय गुरुङमा कोरोना संक्रमणको पुष्टी भएको जानकारी विहिबार अस्पतालले परिवारलाई गराएको स्थानीय समाजसेवी एवम् ‘ब्रिटिश गोर्खा भेट्रान एशोसिएसन’ का महासचिव भिम सारुले नेपाली लिंकलाई जानकारी दिए ।
बुधबार दिउँसो ननिटनस्थित ‘जर्ज इलियट अस्पताल’मा गुरुङको निधन भएको थियो ।
कोरोना संक्रमणको आशंकामा अप्रिल ५ तारिखका दिन गुरुङ, उनकी छोरी र ज्वाईं समेत एकै परिवारका तीन जना एकसाथ अस्पताल भर्ना भएका थिए ।
१० दिनपछि गत बुधबार छोरी र ज्वाईं डिस्चार्ज भएका थिए भने सोहि दिन नै गुरुङको निधन भएको थियो । अहिले छोरी र ज्वाईंको स्वास्थ्यमा सुधार हुंदै गएको छ र उनीहरु घरमै आइसोलेसनमा बसेका छन् ।
तनहुँ शुक्लगण्डकी नगरपालिका १ घर भएका गुरुङ र उनकी श्रीमती सन् २०१२ देखि छोरी ज्वाईंसंगै बेलायतमा बस्दै आएका थिए । मृतककी श्रीमती भने बिदामा नेपाल गएका बेला लकडाउन भएका कारण फर्किन पाएकी छैनन् ।
ननिटनमै गतसाता निधन भएका मेखबहादुर गुरुङमा पनि कोरोनाको संक्रमण पुष्टी भएको समाजसेवी सारुले जानकारी दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५