बेलायतमा ८३ वर्षीय भूपू गोर्खाको कोरोनाबाट निधन



मृतक बुद्धबल गुरुङ ।
लण्डन । कोरोना संक्रमणका कारण ८३ वर्षीय भूपू गोर्खा बुद्धबल गुरुङको निधन भएको छ ।
बेलायतको फार्नबरोमा बस्दै आएका गुरुङको बुधबार राती स्थानीय ‘फ्रिमली पार्क अस्पताल’मा उपचारकै क्रममा निधन भएको मृतकका भतिजा एवम् गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष फडकजीत गुरुङले जानकारी दिएका छन् ।
गत सोमबार अस्पताल भर्ना भएका गुरुङसंगै उनकी श्रीमतीलाई समेत कोरोना ‘पोजिटिभ’ देखिएको थियो । तर अस्पतालले श्रीमतीलाई घरमै ‘आइसोलसन’मा बस्न लगाएर श्रीमानलाई मात्रै भर्ना गरेको थियो ।
मृतककी श्रीमतीको भने अहिले स्वास्थ्यअवस्था सामान्य रहेको भतिजा गुरुङले जानकारी दिए ।
मृतक गुरुङका दुई छोरा र एक छोरी छन् । उनीहरु सबै बेलायतमै छन् । गुरुङ दम्पति दुई छोराहरुसंगै बस्दै आएका थिए ।
गोरखा जिल्लाको सिरानचोक गाउँपालिका ७ काप्रे स्थायी घर भएका गुरुङ सन् २००९ देखि बेलायत बस्दै आएका थिए ।
वर्षौंअघि उनलाई ‘प्यारालाइसिस’ भएको थियो । बेलायत आएपछि नियमित रुपमा ‘फिजियो’ गर्दै आएका उनलाई पछिल्लो समय धेरै सुधार भएपछि आफै हिंडडुल र खानपिन गर्न सक्ने भएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५